नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबामा खो–खो लिग हुँदै
फागुन २७, २०८१ मंगलबार
काठमाण्डौ – नयाँ वर्ष २०७९ को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोष चालिसेले संविधान, नियम, कानुनको परिधिभित्र रही कसैको चरित्र हत्या नहुने गरी समसामयिक विषयमा लेखिएका कवितालाई प्रतियोगितामा समावेश गरिने जानकारी दिनुभयो ।
कविता दुईसय शब्दमा नबढाइ लेख्नुपर्ने नगरपालिकाले जनाएको छ । कविता यसअघि कतै प्रकाशित एवं वाचन नगरिएको हुनुपर्ने छ । यही चैत १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा आइपुग्ने गरी कविता पठाउन नगरपालिकाले आग्रह गरेको छ ।
इमेलबाट समेत कविता पठाउन सकिने छ । प्राप्त रचनालाई विज्ञ समूहले मूल्याङ्कन गरी प्रतियोगितामा वाचनका लागि छनोट गर्ने व्यवस्था मिलाइएको छ ।
छनौट भएका कविताको बाचन चैत १८ गते नगरपालिकाको वडा नम्बर ९ मा रहेको आरुबारी चोकमा गरिने छ । उक्त प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार तथा सान्त्वनास्वरुप तीन जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।