रसुवागढी नाकाबाट आयात बढ्यो : निर्यातका लागि चिनियाँ पक्षले अझै अनुमति दिएन

 चैत ३, २०७८ बिहीबार ८:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयात बढेको छ ।

कोभिड–१९ सुरु भएपछि नाकाबाट थोरै सामग्रीको आयात भइरहेकोमा महामारी घटेसँगै आयात बढेको हो । अहिले दैनिक १४ वटा कन्टेनरमा सामग्री आउन थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । यसअघि नाकाबाट दैनिक ९ वटा कन्टेनरमा मात्रै सामग्री आयात भइरहेको थियो। 

आयात बढाउन गएको बिहीवार दुई पक्षबीच सहमति भएको थियो । बैठकमा नेपाली पक्षले नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेकोमा पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया