काठमाण्डौमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका बस चालक कास्कीबाट पक्राउ

 चैत ३, २०७८ बिहीबार १३:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाैको बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर ज्यान गएको घटनाका बस चालकलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

गएको फागुन ३० गते बालाजुको गङ्गाहल नजिकै एक बसले गोरखाको बुङ्कोट घर भइ काठमाण्डौ बस्दै आएका भीमप्रसाद रेग्मीलाई ठक्कर दिएर भागेको थियो । गम्भीर घाइते रेग्मीको उपचारका क्रममा अस्ति मङ्गलवार अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा ज्यान गएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरेर ठक्कर दिने बस काठमाण्डौ–पोखरा रुटमा चल्ने ना ५ ख ३०९६ नम्बरको रहेको र चालक कास्कीका राजकुमार वंशी रहेको पत्ता लगाएको थियो । महानगरीय प्रहरी काठमाण्डौले कास्की प्रहरीको सहयोगमा चालक राजकुमार वंशीलाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया