यौनकर्मीको दृष्य हटाएर प्रकाश सपुतकाे ‘पिर’ फेरि युट्युबमा अपलोड

 चैत ५, २०७८ शनिबार १९:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गायक प्रकाश सपुतले आफ्नो गीत 'पिर' को भिडियोमा रहेको यौनकर्मीको दृष्य हटाएका छन् ।

माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद उत्पन्न भएका थिए । गायक सपुतले यौनकर्मीको दृष्य हटाएर आज बेलुका ‘पिर’लाई फेरि युट्युबमा अपलोड गरेका हुन् ।

कतिपयले प्रकाश सपुतले कलामार्फत माओवादी आन्दोलनमा लागेकाहरुको यथार्थ दृष्य प्रस्तुत गरेको बताएका थिए भने माओवादीकाे भातृ सङ्गठनले गीतको भिडिओमा आपत्तिजनक दृष्य राखेर माओवादी आन्दोलनलाई बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

भिडिओको बारेमा बहस र विवाद भएपछि सपुतले अहिलेका परिवर्तन माओवादी आन्दोलनकै कारण आएको विषय भिडिओमा समेटिएको र केहिका दु:खलाई देखाउने प्रयास गरेको भन्दै राजनीतिकरण नगरिदिन आग्रह गरेका थिए ।

भिडियाे : 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया