निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न : उम्मेदवारी दर्ता गर्न किन २ दिन समय दिएकाे ?

 चैत ६, २०७८ आइतबार १८:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याएकोमा आपत्ति जनाउनुभएको छ ।

इलामको फिक्कलमा आज आइतवार भएको आमसभामा अध्यक्ष ओलीले यसअघि सधैँ उम्मेदवारी दर्ताका लागि एक दिनको समय दिने निर्वाचन आयोगले यस पटक किन दुई दिन दिएको भनेर प्रश्न गर्नुभयो । पाँच दलीय सत्ता गठबन्धनमा उम्मेदवारको विषयमा कुरा नमिलेमा फेरि भोलिपल्ट पनि उम्मेदवार दिन पाइने व्यवस्था आयोगले गेरेको ओलीको आरोप छ ।

आयोगले मतपत्रमा रुखको रङ्ग हरियो बनाउनका लागि हरियो रङ रोजेको भन्दै ओलीले सूर्य कसरी हरियो हुन्छ भनेर प्रश्न गर्नुभयो । सत्ता गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरिरहेको ओलीले जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । एमालेलाई दुई तिहाइ बहुमत ल्याउनबाट रोक्न २०५४ सालमा पनि पार्टी विभाजन गराएको भन्दै त्यो बेला एमालेले दुई तिहाइ ल्याउनबाट रोकिए पनि अहिले त्यस्तो नहुने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया