अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
तनहुँ – नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज मङ्गलवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन हिजो सोमवार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।
‘पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद दाबीसहित मुद्दा दर्ता गरेका छौँ’, उहाँले भन्नुभयो, ‘साथै मनासिव क्षतिपूर्तिको मागदाबी गरेका छौँ ।’ नायक शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध यो सजायको आधा सजाय माग गरिएको पनि उहाँले बताउनुभयो । जोशीलाई मतियारका रूपमा शाहको भन्दा आधा सजाय मागदाबी गरिएको उहाँले जानकारी दिनुभयो ।
गएको फागुन ११ गते नाबालिगकले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यही दिन प्रहरीले शाहविरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।
शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको त्यो दफामा महिलाको मन्जुरी नलिइ करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।