चुनावी तालमेल गर्न दलहरु छलफलमा, नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढ्दो

 चैत ९, २०७८ बुधबार ७:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन आबद्ध दलले चुनावी तालमेल बारे छलफललाई अगाडि बढाएका छन् ।  चुनावमा मोडालिटी तय गरेर अघि बढ्ने बारे उनीहरु छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो ।  छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । तर, देउवाले भने पार्टी भित्र दुई धार रहेकाले केही समय पर्खिन आग्रह गर्नु भएको छ ।

उहाँले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने र तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताउनुभएको छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सत्ताबाहिर रहेका राजनीतिक दलसँग तालमेलका लागि छलफल थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली तालमेल बारेको छलफलमा सक्रिय हुनुहुन्छ । एमालेले पोलिटब्युरो बैठकमा तालमेलका लागि ढोका खुलै राख्ने बताएको थियो ।

राजनीति दलहरु चुनावी अभियानमा केन्द्रित भएसँगै नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढेको छ । नेता कार्यकर्ता फकाउन पार्टीका शीर्ष तह नै सक्रिय बनेको छ । यसले सिद्धान्त र विचार भन्दा पनि व्यक्तिगत स्वार्थका लागि पार्टी परिवर्तन गर्ने प्रवृत्ति बढेको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया