कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गाउँपालिका बन्द

 चैत ११, २०७८ शुक्रबार १८:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एक दिनका लागि गाउँपालिका बन्द गरेको छ । 

गएकाे बुधवार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज शुक्रवार गाउँपालिका बन्द गरेको हो । 

नेता बस्नेतमाथि साङ्घातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालय, व्यापार–व्यवसाय, सङ्घ–संस्था एक दिनका लागि बन्द गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले बताउनुभयो । 

एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोत्तल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेसले दाबी गरेको छ । बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको अहिले न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमार राईले भने जाँड–रक्सी खानेक्रममा केही व्यक्तिबीचको विवादलाई राजनीतिक रङ्ग दिएर एमालेको नाम जोडेर बदनाम गरेको बताउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन, चिसापानी ट्रस हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा अवरोध पुर्‍याउनका लागि गठबन्धन दलले बन्द आह्वान गरेको एमालेले दाबी गरेको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया