फिल्म 'कोडा' ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड

 चैत १४, २०७८ सोमबार १०:५३:५९ | एजेन्सी
unn.prixa.net

फिल्म 'कोडा' ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार  जितेको छ ।

'कोडा' फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् ।

उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए ।

यस्तै, विल स्मिथले 'किङ्ग रिचर्ड' फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।

यस्तै, 'द आइज अफ ट्यामी फेय'का लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ तथा 'द पावर अफ द डग' का लागि 'जेन क्याम्पियन'ले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

अमेरिकाको लस एन्जलसमा नेपाली समयअनुसार साेमवार बिहान भएको अवार्ड समारोहमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जापानी फिल्म 'ड्राइभ माइ कार'ले पाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया