सन्धिखर्कमा सिरक डसना उद्योगमा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति

 चैत १५, २०७८ मंगलबार १९:६:२३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्कमा रहेकाे एक सिरक डसना उद्याेगमा आगलागी भएको छ । सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज मङ्गलवार दिउँसो आगलागी भएको हो । आगलागीबाट झन्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट दुई वटा मेशिन, एउटा जेनेटर, सिरक डसना लगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

उद्याेगमा लागेकाे आगाे झन्डै एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र दमकलको सहायताबाट आगो निभाइएकाे प्रहरी कार्यालयले जनाएको छ । बिजुली शर्ट भएर आगाे लागेको बताइएको छ ।

यसैबीच आगाे निभाउने क्रममा उद्योगी मोहम्द फिरोज बेहोस भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएकोमा दुई घण्टापछि होस आएपछि उहाँ डिस्चार्ज हुनुभएकाे छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया