रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

 चैत १७, २०७८ बिहीबार १७:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठामाण्डाै – रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका २७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । 

विद्युतीय सामानहरू खरिद गर्दा खरिद समिति नबनाइ, टेन्डर तथा सूचना जारी नगरि, आफू अनूकलको उपभोक्ता समिति गठन गरी र प्राविधिक नाप/जाँच नगरि भुक्तानी दिएको भन्दै खड्कासहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  

सबैलाई अलग–अलग बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । अध्यक्ष खड्कासँग चार करोड २१ लाख सात सय ६ रुपैयाँ बिगो माग गरिएको छ । यस्तै यही मुद्दामा तत्कालीन लेखापाल नोर्बु लामा, राजुप्रसाद न्यौपाने र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईं पनि तानिएका छन् । यस्तै आरोप पत्र दारु गरिएकामा केही विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारी पनि तानिएका छन् । उनीहरूलाई पछि छुट्टाछुट्टै बिगो माग गरी मुद्दा दर्ता गरिएको छ । 

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विद्युतीकरण गर्दा योजना सम्झौताका सर्त, कार्यपालिकाको निर्णय र कानुन विपरीत प्राविधिक मूल्याङ्कन गरेको, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदनविना सामान खरिद–ढुवानी गरी रकम भुक्तानी लिने/दिने गरेको उजुरी आएपछि अख्तियारले अनुसन्धान थालेको थियो । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया