एनपीएल क्वालिफायर : कर्णालीले जनकपुरलाई दियाे १ सय १९ रनकाे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे दाेस्राे क्वालिफायरमा कर्णाली याक्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले टस जितेकाे छ । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हाे । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।