अबदेखि काेराेनाविरुद्धकाे बुस्टर मात्रा खाेप ३ महिनामै दिइने

 चैत २०, २०७८ आइतबार १४:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा अब तीन महिनामा बुस्टर मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अब यदि कसैले खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना पुगेको भए बुस्टर मात्राको रूपमा अर्को मात्रा लगाउँदा हुन्छ ।  

विभिन्न देशमा गरिएको अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिले प्राविधिक रूपमा गरेको अध्ययनलाई आधार मानेर खोपको प्राथमिक मात्रा पूरा गरेकाहरूलाई तीन महिनामै बुस्टर खोप दिने निर्णय गरिएको दाहालले बताउनुभयो ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो शृङ्खलाकाे खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया