पत्रकार धमलाले उडान सुरक्षा विपरीतका क्रियाकलाप गरेको भन्दै वायु सेवा सञ्चालक सङ्घको आपत्ति

 चैत २३, २०७८ बुधबार १६:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वायु सेवा सञ्चालक सङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जहाजमा पत्रकार ऋषि धमलाले उडान सुरक्षामा नै असर पुग्ने क्रियाकलाप गरेको भन्दै आपत्ति जनाएको छ । 

भीभीआईपी सवार उडानमा असभ्य र उडान सुरक्षामा गम्भीर असर पर्ने असंवेदनशील व्यवहार देखाएको भन्दै सङ्घले आपत्ति जनाएको हो । धमलाको नाम उल्लेख नगरि सङ्घले भनेको छ, ‘उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लङ्घन गर्दै निषेधित कक्षमा क्यामेरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको सङ्घको ठहर छ’, विज्ञप्तिमा भनिएको छ । 

यस्ता हर्कतले उडानको साथै भीभीआईपी प्रोटोकलको समेत उल्लङ्घन भएको भन्दै सङ्घले अवाञ्छित कार्य नगर्न/नगराउन आग्रह पनि गरेको छ ।

यसअघि प्रेस काउन्सिल नेपालले जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई हिजाे स्पष्टीकरण सोधेको थियाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया