जहाजभित्र ‘अमर्यादित क्रियाकलाप’ गरेको भन्दै ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

 चैत २२, २०७८ मंगलबार १६:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो । 

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले 'नोटिस' गरिरहेको जनाएको छ । 

पत्रकार तथा सञ्चारमाध्यमले सूचना सङ्कलन, सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्न विषय स्मरण गराउँदै काउन्सिलले भनेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायु सेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलपूर्वक निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितकाे प्रत्यक्ष प्रसारण के–कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक/पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’ 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Nabi

    April 6, 2022, 6:07 a.m.

    रबि नपुग्ने ठाउमा कबि पुग्छन् भने जस्तै नेपाली पत्रकारिता को क्षेत्रमा आरु नपुग्ने ठाँउ म धमला पुग्छन् ।proud of u mr.dhamala.

  •  0 Reply
  • राम चन्द्र सापकोटा

    April 5, 2022, 5:55 p.m.

    ऋषि धमला पनि पत्रकार हो र?प्रस्न सोधेको सोधै गर्ने अनि आमन्त्रण गरिएका ब्याक्ती को कुरै नसुनी आफै कुरा मात्र राख्ने पित पत्रकारिता गर्ने ढोगी पत्रकार हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया