गएको वर्ष उद्घाटन भएको मेलम्ची आउँदो मङ्गलवार फेरि उद्घाटन हुने

 चैत २६, २०७८ शनिबार ७:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गएको वर्ष उद्घाटन भएको मेलम्ची खानेपानी आयोजनाको आउँदो मङ्गलवार फेरि उद्घाटन हुने भएको छ ।

चैत २९ गते सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार मेलम्ची आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको छ । मेलम्चीको उद्घाटनपछि काठमाण्डौ उपत्यकामा पानी सहज रुपमा वितरण गनेगरी सम्पूर्ण तयारी पूरा भएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गर्नुभएको थियो । एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गर्नुभएको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढीले आयोजनामा क्षति गरेको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajendra dangol

    April 10, 2022, 8:36 p.m.

    पानी पठाउने भए राम्रो, नभए बिरोध /

  •  0 Reply

तपाईको प्रतिक्रिया