कम्युनिस्ट सरकारमा आएपछि देशको ढुकुटी रित्तियो : पुष्पा भुसाल

 चैत २७, २०७८ आइतबार १७:४२:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आराेप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाउनुभयो । 

उहाँले पालिका सरकार बलियो बनाउन कानुन बनाउन दबाब दिँदा पनि तत्कालीन नेकपा एमाले सरकारले वास्ता नगरेको बताउँदै भन्नुभयो, ‘नेपाल मात्र यस्तो देश हो जहाँ परिवर्तन नेपाली कांग्रेसले गर्छ, सत्ता कम्युनिस्टले चलाउँछ ।’ नेतृ भुसालले लोकतान्त्रिक पद्धतिको चुनावमा जाने नेपालका कम्युनिस्टहरूले कहिले पनि परिवर्तनको नेतृत्व सम्हाल्न नसकेको बताउनुभयो । 

लोकतन्त्रको पर्यायवाची नेपाली कांग्रेस रहेको जिकिर गर्दै नेतृ भुसालले नागरिकले तिरेको कर भ्रष्टाचारमा लगाउन नदिन कांग्रेसले तीनै तहको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशको राजनीतिको बागडोर सम्हाल्न कांग्रेसबाहेक अरू कुनै दलले नसकेको उहाँको दाबी छ । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बरसिंह पुनले कांग्रेसविना देशको निकास सम्भव नभएको दाबी गर्नुभयो । उहाँले संविधानको रक्षा कांग्रेसबाहेक अरू दलले गर्न नसक्ने भन्दै अबको चुनावमा कांग्रेस पार्टी बहुमतका साथ पहिलो बन्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Ramesh Bhattarai

    April 10, 2022, 9:16 p.m.

    मुलुकका प्रधानमन्त्री काँग्रेसी गुटका हुन्।कम्न्युस्ट्ले ढुकुटी सक्काएको हो भने परमादेशी सरकारका अर्थमन्त्रीलाई ऐले नै हटाए भयो नि?बेतुकका कुरा गरेर जनमत आफ्नो पक्षमा आउन्न।

  •  0 Reply

तपाईको प्रतिक्रिया