अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लाे पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताउनुभएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।
प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावहरूमाथि सरकारले महत्त्वका आधारमा मतदान गरेको बताउनुभयो । उहाँले नेपालले राष्ट्र सङ्घको निकायमा भएको मतदानमा अहिलेसम्म भएका चार मत युक्रेनको पक्षमा हालेको पनि बताउनुभयो ।
प्रवक्ता लम्सालले भन्नुभयो, ‘रुस र युक्रेनबीच जोडिएका विषयहरू पनि धेरै आएका छन् । हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसाबले अहिले यूएनमा इमर्जेन्सी स्पेशल सेसन चलिरहेको छ । हामीले महत्त्वका आधारमा चार पटक युक्रेनकाे पक्षमा मतदान गरेका छौँ ।’
प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलङ्का र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनुभयो । उहाँले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।