पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
कास्की - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । पोखराको मेयरको उम्मेदवार शङ्कर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
खराल विश्व हिन्दु महासङ्घका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुनुहुन्छ । साथै उहाँ ब्राम्हण समाज नेपालका केन्द्रीय सदस्य, पूजा व्यवसायी समितिका अध्यक्ष पनि हुनुहुन्छ । खराल दुई महिनाअघि मात्रै राप्रपामा प्रवेश गर्नुभएकाे थियाे ।
महानगरपालिकाहरूका मेयरहरू सम्बन्धित समितिहरूले लागू गरेको सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको हो ।
अघिल्लो निर्वाचनमा राप्रपाले पोखराको मेयरमा २ हजार २ सय ७२ मत प्राप्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।