हमासले आज थप तीन जना इजरायली बन्धक रिहा गर्ने : आज छुट्ने सू...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष शतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।
अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उहाँले सचेत हुनुपर्ने बेला आएको बताउनु भयो ।
यस्तै, डा. पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकूल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताउनु भयो । पछिल्लो समय नेपालको काठमाण्डौसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यबर्द्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाण्डौको वायु प्रदुषण खतराको बिन्दुमा पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।