प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
कास्की – गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ गतेदेखि फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टोलीले खेल्ने भएका छन् । २४औं संस्करणको प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले खेल्ने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुँदैछन् । यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विदेशी टोली बेलायतको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागी हुने अध्यक्ष बरालले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ब्रिगेड ब्वाइज, आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज र आर्मी रहेका छन् भने समूह ‘बी’ थ्री स्टार, एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट, सङ्कटा र उजेकिस्तानको टोली रहेका छन् । सहभागीमध्ये दुई विदेशी टोली ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको टोलीसँगै थ्री स्टार तथा आर्मी वाई पाएर सिधैँ क्वार्टरफाइनल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले २५ हजार रुपैयाँसँगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितमा एक करोड ५१ लाख रुपैयाँ आम्दानी हुने र एक करोड ४२ लाख २० हजार खर्च हुने आयोजक सहारा क्लबले जनाएको छ । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट सङ्कलित रकम सहारा एकेडेमिमा आश्रित विपन्न वर्गका बालकको फुटबल प्रशिक्षणसँगै निःशुल्क आवास सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालक आश्रित रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।