धादिङमा बस र कार ठाेक्किँदा ५ जनाकाे ज्यान गयाे

 बैशाख ११, २०७९ आइतबार २०:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । काठमाण्डाैबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाण्डाै जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई  थाक्रे गाउँपालिका ७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए । दुर्घटनामा घाइते भएका उनीहरूकाे उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो ।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाण्डाैमा उपचार चलिरहेको छ । उहाँ बसमा सवार हुनुहुन्थ्यो । दुर्घटनाको कारण खुलेको छैन । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया