विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजिप्टका राष्ट्रपतिसँग ...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – नेपालमा मोबाइल फोन बीमासम्बन्धी सेवा पनि सञ्चालनमा आएको छ ।
मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोबाइल फोन बीमासम्बन्धी सेवा सञ्चालन गर्ने समझदारी भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको त्यो सेवा लिन मोबाइल फोन धनीले आफ्नो मोबाइलको मूल्यको ५ प्रतिशत रकम बीमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीमा बुझाउनुपर्नेछ ।
मोबाइल फोन बीमा गरेपछि कम्पनीले एक वर्षसम्म त्यो मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलको भौतिक क्षति भएर नचल्ने भएमा वा हराए÷चोरी भएमा मेरो सुरक्षा प्रालिले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउने मेरा सुरक्षा प्रालिका प्रमुख कार्यकारी अधिकृतक प्रेम सुनुवारले जानकारी दिनुभयो ।
कम्पनीले मोबाइल फोन बीमा कार्यक्रमका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।