बजारमा होलीको रौनक शुरू, रङ्गदेखि होली लेखिएका कपडाको समेत व्यापार बढ्यो

यसपालि होलीमा घमाइलो दिन नहुने

 फागुन २८, २०८१ बुधबार १५:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – रङ्गहरूकाे पर्व होली नजिकिएसँगै रौनक शुरू भएको छ । काठमाण्डौसहितका शहरहरूमा युवाहरू रङ्ग खेलेर रमाइलो गर्न थालेका छन् । भोलि सार्वजनिक बिदा रहेकोले आज धेरै विद्यालयमा पनि बालबालिकाहरूले रङ्ग खेलेर रमाइलो गरेका छन् ।

केही वर्ष अघिसम्म काठमाण्डौमा एक हप्ता अघिदेखि लोला हान्ने चलन भए पनि पछिल्ला वर्षहरूमा त्यो हटेको छ । तर केही दिन अघिदेखि आफ्नो समूहमा रमाइलो गर्ने चलन भने छ ।

यस वर्षको होली पहाडी र हिमाली जिल्लामा भोलि बिहीवार तथा तराई/मधेशका जिल्लामा पर्सि शुक्रवार मनाइँदै छ । होली नजिकिएसँगै बजारमा रङ्गदेखि पिचकारी तथा होली लेखिएको सेता कपडाको बिक्री बढेको छ ।

यसैबीच यस वर्षको होलीमा राम्रोसँग घाम नलाग्ने मौसमविद्हरूले बताएका छन् । भोलि र पर्सि दुवै दिन देशभर राम्रोसँग घाम लाग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएकोले अझै तीन दिन घमाइलो हुने सम्भावना छैन । केही ठाउँमा सामान्य पानी परे पनि ठूलाे पानी पर्ने सम्भावना पनि नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया