भारतको तमिलनाडूमा करेन्ट लाग्दा ११ जनाको ज्यान गयो, १५ जना घाइते

 वैशाख १४, २०७९ बुधबार ११:३३:५९ | एजेन्सी
unn.prixa.net

भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन्  । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने बताउनु भएको छ । यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५  लाख भारतीय रुपैयाँ दिने बताउनु भएको छ । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया