युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत

 वैशाख १५, २०७९ बिहीबार ६:४५:८ | एजेन्सी
unn.prixa.net

रुसी विदेशमन्त्री लाभ्रोभ

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाउनु भएको छ । रुसको भ्रमण गर्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उहाँले वार्ताका लागि रुस तयार रहेको जानकारी दिनु भएको हो ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताउनुभयो । उहाँले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक-पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गर्नुभयो । आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । तर पछिल्लो समयमा वार्ता नै रोकिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यको लक्षण नदेखिएपछि राष्ट्रसंघीय महासचिवले रुस भ्रमण गर्नुभएको हो । उहाँले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ । पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता सकारात्मक र उपलब्धीमूलक भएको भन्दै चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको गरेको बताउनुभयो । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया