शेयर कारोबार पूर्णरुपमा अनलाइनमा आउन अझै २ महिना लाग्ने

 असोज २, २०७५ मंगलबार ७:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धितोपत्र बजारलाई पूर्णरूपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ ।

निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरूपमा कारोबार अनलाइनमार्फत हुन नसकेको र अबको दुई महिनामा मात्रै शेयर कारोबार पूर्णरूपमा अनलाइनमा हुने स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरूपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भएको र परीक्षणको रूपमा ‘मोक टे«डिङ’ मात्रै शुरु भएको उहाँले बताउनुभयो । परीक्षण गर्न कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । स्टक एक्सचेञ्जले शेयर दलाल कम्पनीलाई पनि टाडा सेन्टर बनाउन निर्देशन दिएको छ । 

दलाल  कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा  सामूहिक रूपमा पनि तयार गर्न सक्नेछन् । मंगलबारदेखि लगानीकर्तालाई अनलाईन कारोबारमा अभ्यस्त बनाउन लागिएको स्टक एक्सचेञ्चले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganga

    Sept. 18, 2018, 7:53 a.m.

    नपुग्ने कुरा नबोल्नु / यो महिना , उ महिना , कहिलेको सालको २ महिना भित्र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया