झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा हिजो रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै दर्शनार्थीको भिड बढेको छ। अहिले पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लागेको छ। दर्शनार्थीको भिड बढेसँगै पुल्चोक हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ ।
जावलाखेल–पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाइभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ। रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहालसम्म नतानेसम्म नै पुल्चोकमा भक्तजनको भिड लाग्ने गर्छ ।
रथलाई पर्सि २१ गते पुल्चोकबाट गाबहाल तानिनेछ । नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्ष साङ्केतिक रुपमा मात्र गरिएको थियो भने यसवर्ष विगतमा झैँ रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागिएको हो।
तस्बिर : प्रकाश अमात्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।