वर्षा रोकिएपछि जलमग्न भएको भरतपुरको हाकिम चोकमा सरसफाइ

 बैशाख २२, २०७९ बिहिबार ९:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी पर्न रोकिएसँगै जलमग्न भएको भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा सफाइ थालिएको छ ।

गएरातिदेखि परेको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको सभास्थल डुबेपछि जमेको पानीलाई निकास दिन र सरसफाइ गर्न थालिएको हो । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ ।

आमसभा स्थललाई सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । आज सत्ता गठबन्धनले बसपार्कमा संयुक्त चुनावी सभा गर्दैछ । सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन थापालगायत नेताले सम्बोधन गर्नेछन् । भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार हुनुहुन्छ ।  

कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेनु दाहालको चुनावी यात्रा जटिल बनेको छ । दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् । भरतपुरमा नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया