जुम्लाकाे हिमा गाउँँपालिका एक हप्तादेखि टेलिफोनविहीन

 बैशाख २३, २०७९ शुक्रबार १२:९:५९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक हप्तादेखि टेलिफोनविहीन भएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत प्रभाव परेकाे स्थानीय बासिन्दाले बताएका छन् । 

नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिकाकाे कुडुमा रहेको टावरमा क्षति पुगेकाले टेलिफोन सेवा प्रभावित भएकाे हाे । 

नेपाल टेलिकमका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरकाे हर्नमा क्षति पुगेकाे र हर्न काठमाण्डाैबाट ल्याइँदै गरिएकाे जानकारी दिनुभयाे । 

चुनावकाे समयमा टेलिफोनमा समस्या आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलहरुले गुनासाे गरेका छन्। अर्कोतिर बिरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन एम्बुलेन्स तत्काल नपाउने अवस्था आएकाे स्थानीयकाे गुनासाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया