विप्लव नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

 बैशाख २६, २०७९ सोमबार १४:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । 

आज सोमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेकाे जानकारी दिइएकाे हाे । पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महासचिव विप्लव समूहले कतिपय केन्द्रीय सदस्यहरूलाई नै एमालेको चुनाव चिह्न लिएर चुनावमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि हामीहरूले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौँ । यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । त्यसका लागि हामीले समृद्धि र स्वाधीनताको नारालाई अघि सारेका छौँ । केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट देशमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि हामीहरूले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौँ ।’

जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरि नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरू प्रतिवद्ध रहेको पनि पार्टीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया