लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो,  कारोबार रकम बढ्न सकेन

 बैशाख २७, २०७९ मंगलबार १५:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय १३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन । दुई सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रो,ङादी ग्रुप पावर, युनिभर्सल पावर र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया