आजदेखि ६ दिनसम्म विद्यालय बन्द

 बैशाख २८, २०७९ बुधबार ९:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । पर्सि शुक्रबार हुने पालिका चुनावको लागि आजदेखि विद्यालय बन्द भएका हुन् । धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि आजैदेखि विद्यालय बन्द गरिएको हो  । 

३० गते चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ३१ गते शनिबार परेको छ । जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णयअनुसार १ गते आइतबार पनि बिदा हुने भएको छ । जेठ २ गते बुद्धजयन्तीमा पनि सार्वजनिक बिदा छ । त्यसैले आजदेखि बन्द भएका विद्यालय जेठ ३ गते मात्र खुल्नेछन् ।

विद्यालय र क्याम्पससमेत बिदा भएपछि चुनावका लागि गाउँ घर जानेको भिड झनै बढेको छ । गाउँ घर जानेको भिड बढेसँगै काठमाण्डौका मुख्य नाकाहरुमा गाडीको चाप छ । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया