शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोक...
पुस २५, २०८१ बिहिबार
रुकुमपश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसान व्यावसायिक सुन्तला खेतीमा लाग्न थालेका छन् । पालिकाभर अहिले व्यावसायिक सुन्तला खेती गर्ने किसानको सङ्ख्या एक सयभन्दा धेरै छ ।
पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेका त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ । कसैले योभन्दा धेरै मूल्यमा पनि बेचेका छन् ।
यस वर्ष त्रिवेणीका किसानले सुन्तला बिक्रीबाट एक करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तला खेती भइरहेको छ ।
सुन्तला खेतीबाट गएको वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी–४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताउनुभयो । यो सिजनमा सुन्तला बिक्रीबाट सात लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको उहाँको भनाइ छ । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको किसानले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।