सही तरिकाले मतदान कसरी गर्ने ?

 वैशाख ३०, २०७९ शुक्रबार ६:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ ।

मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन । 

मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो लहरमा मेयर वा अध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपमेयर वा उपाध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, छैटाैँ र साताैँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको चुनाव चिह्नहरूमध्ये कुनै दुई चुनाव चिह्नमा छुट्टा–छुट्टै छाप लगाइ दुई उम्मेदवारलाई मतदान गर्नुपर्छ ।

यसरी हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारहरूको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिइ आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरेपछि मत पत्रलाई राम्ररी पट्याएर मत पेटिकामा खसाल्नु पर्छ । यसपछि मतदाता तोकिएको ठाउँ र मार्गबाट बाहिर जानु पर्दछ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया