बझाङको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएपछि मतदानमा ढिलाइ

 बैशाख ३०, २०७९ शुक्रबार ७:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ - बझाङको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर १ को नारायण माविमा रहेको मतदान केन्द्रको प्राङ्गणमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनासहित सुरक्षाकर्मीको टोली परिचालन गरिएकोे जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

कपडाले बेरिएको अबस्थामा कुकुर बम रहेको सुरक्षाकर्मीको आशंका छ । यस्तै बझाङ्को बुङ्गल नगरपालिकामा पनि मतदान केन्द्र जाने बाटोमो पनि शंकास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मी परिचालन गरेको डिएस्पी विष्टले बताउनुभयो ।

ती दुई ठाउँमा सुरक्षाकर्मीले सिल गरेकाले मतदानमा ढिलाइ भएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया