धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
रसुवा – यस पटक मतपत्र ढुवानीका लागि हेलिकप्टरको व्यवस्था नहुँदा रसुवाको लाङटाङको मतपेटिका भोलि शनिवार मात्र गणनास्थल ल्याइने भएको छ । अन्य क्षेत्रको मतपेटिका आज नै गणनास्थलमा पुर्याइने भए पनि लाङटाङबाट आज ल्याउन सम्भव नभएको हो ।
यसअघि भएका चुनावमा मतपेटिका हेलिकप्टरबाट ल्याउने गरिएको थियो । तर यस पटक गृह मन्त्रालयले हेलिकप्टरको प्रयोग हुने ठाउँमा पनि मान्छेले नै ढुवानी गर्ने परिपत्र गरेका कारण आज ल्याउन सम्भव नभएको हो । अन्य क्षेत्रको मतपेटिका राति नौ बजे अगाडि नै ढुवानी भइसक्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो । ‘विशेष परिस्थिति नआएमा हामी राति ९ बजेभित्र नै मतपेटिका ढुवानी गरिसक्ने छौँ’, उहाँले भन्नुभयो, ‘लाङटाङको शनिवार ल्याउने तयारी छ ।’
रसुवाको गोसाइँकुण्ड गाउँपालिका ४ लाङटाङमा ८३ दशमलव १९ प्रतिशत मत खसेको छ । यस वडामा तीन सय ६३ मतदाता रहेकामा तीन सय दुई मत खसेको हो । शान्तिपूर्ण तरिकाले मतदान सकिएको मतदान अधिकृत गोपी विश्वकर्माले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिका ४ को सामुदायिक भवनमा मतदान केन्द्र राखिएको थियो ।
चुनाव गराउनका लागि चार सदस्यीय टोली लाङटाङ गएको थियो । जसमा मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको थियो । पाँच सय जनाभन्दा कम मतदाता रहेका केन्द्रमा चार जना कर्मचारी खटाइने प्रावधान छ ।
रसुवामा यस पटक ३४ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।