मनाङमा सुरु भयो मतगणना

 बैशाख ३०, २०७९ शुक्रबार २२:११:३४ | रासस
unn.prixa.net

मनाङ - हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो ।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उहाँले बताउनुभयो । 

जिल्लामा कुल ६ हजार ४ सय ९६ जना मतदाता रहेका छन् । कुल चार हजार ६७ मत खसेको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया