भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण : बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने

 बैशाख ३१, २०७९ शनिबार ७:५४:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा बहुआयामिक विषयमा द्विपक्षीय  छलफल हुनेभएको छ ।

मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा जेठ दुई गते बुद्ध जयन्तीका दिन लुम्बिनी आउँदै हुनुहुन्छ । भारतीय विदेश मन्त्रालयले भ्रमणका बेला दुई देशबीच विकास निर्माण, व्यापार वाणिज्य, पर्यटनलगायतका विषयमा छलफल हुने जानकारी दिएको हो ।

भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण हुनु नेपाल र भारतबीचको निकट सम्बन्धको प्रतीक रहेको समेत बताउनुभएको छ । नेपाल र भारतबीच जलविद्युत् ऊर्जा व्यापारको दिगो र ठूलो व्यापारको क्षेत्र रहेकाे उहाँले बताउनु भयाे । 

सचिव क्वात्राले भारतले नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा लगानी बढाउन पहल गरिरहेको र सडक सञ्जाल तथा रेल्वे कनेक्टिभिटीलगायतका विषयमा पनि दुई देशको उच्च नेतृत्वबीच छलफल हुने जानकारी दिनुभयो । तर नेपाल र भारतका बीचको सीमा विवादका विषयमा भने उहाँले केही पनि बोल्नुभएको छैन । तर भारतीय पक्षले दुई देशको सम्बन्ध विभिन्न समयमा भएका सन्धि सम्झौताभन्दा धेरै माथि रहेको जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया