जुम्ला : ७ वडाको नतिजा आउँदा कांग्रेसबाट ४ र माओवादीबाट ३ वडाध्यक्षमा विजयी

 बैशाख ३१, २०७९ शनिबार १९:५:५९ | नेत्र शाही
unn.prixa.net

कनकासुन्दरी १ काे अध्यक्षमा निर्वाचित भीमबहादुर भण्डारी, तस्बिर : नेत्र शाही ।

जुम्ला – जुम्लामा सात वटा वडाको नतिजा आउँदा चार वटा वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन वटा वडा जितेको छ । 

कांग्रेसबाट चन्दननाथ नगरपालिका १ मा तिलकप्रसाद न्यौपाने, तातोपानी गाउँपालिका १ मा कर्णबहादुर कठायत, हिमा गाउँपालिका १ मा रतनबहादुर शाही र सिञ्जा गाउँपालिका १ मा हरिनन्द आचार्य विजयी हुनुभएको हो । 

यसैगरी नेकपा माओवादी केन्द्रबाट तिला गाउँपालिका १ मा सुवास बस्नेत, कनकासुन्दरी गाउँपालिका १ मा भीमबहादुर भण्डारी र पातारासी गाउँपालिका १ मा लालबहादुर ऐडी विजयी हुनुभएको हो । 

यसैबीच जुम्लाको गुठीचौर गाउँपालिकामा मतगणना भएको छैन । गुठीचौर ३ को शंकर माविमा झडप हुँदा जेठ १ गतेका लागि पुनः मतदान तोकिएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया