झडप हुँदा स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा मतदान चल्दै

 जेठ १, २०७९ आइतबार १०:५०:२८ | नेत्र शाही
unn.prixa.net

जुम्ला - झडप हुँदा वैशाख ३० गते स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा आज मतदान भइरहेको छ ।

शङ्कर माध्यमिक विद्यालयमा भइरहेको मतदानमा अहिलेसम्म १ सय ८८ मत खसेको निर्वाचन अधिकृत तुलराज चौलागाईँले जानकारी दिनुभयो ।

मतदान सहज गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । एक हजार ७ जना मतदाता भएको केन्द्रमा ३२० मत खसिसकेको थियो । तर चुनाव स्थगित भएपछि पुनः सबै प्रक्रिया सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया