सर्लाहीकाे धनकौल गाउँपालिकामा कांग्रेसका रामआश्रय साह विजयी

 जेठ २, २०७९ सोमबार ९:८:१४ | रामबाबु खड्का
unn.prixa.net

काठमाण्डाै - सर्लाही धनकौल गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह निर्वाचित हुनुभएको छ ।

उहाँले ४ हजार ४ सय ७७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार फकिरा महतोले ३ हजार ३७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै अकली सहनीले ४ हजार ५०४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा सहनीका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार निलमकुमारी देवि सहनीले ३२२५ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया