दार्चुलामा जीप दुर्घटना, तीन जनाको घटनास्थलमै ज्यान गयो

 जेठ २, २०७९ सोमबार ११:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

शैल्यशिखर नगरपालिका–६ ग्वानीमा बिहान साढे ९ बजे से १ ज २७७ नम्बरको जीप सडकबाट खस्दा ३ जनाको घटनास्थलमा नै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा जीपका चालक ग्वानीका २३ वर्षका प्रकाशसिंह धामी, २२ वर्षका नवीन धामी र १९ वर्षका हरिसिंह धामीको घटनास्थलमा नै ज्यान गएको हो । प्रहरीको टोली घटनास्थल पुगेको छ ।

नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिन जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया