सर्लाहीको रामनगर गाँउपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै माओवादी विजयी

 जेठ २, २०७९ सोमबार १५:६:१२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको रामनगर गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजाबाबु यादव निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिनन्द यादवले २ हजार ३९२  मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गितादेवी ३ हजार ५२३ मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।  उहाँको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कौशलीया साहले २ हजार ६२७ मत प्राप्त गर्नुभएको छ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया