सर्लाही : १ भाेटले पराजित भएपछि फेरि मतगणना गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द

 जेठ २, २०७९ सोमबार १८:१२:४ | रामबाबु खड्का
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – नेपाली कांग्रेसले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ काे पुन: मतगणना गर्नुपर्ने माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेकाे छ ।  

हरिवन नगरपालिका ७ काे वडाध्यक्षमा कांग्रेसका उम्मेदवार टीकाजङ्ग थापा नेकपा एमालेका उम्मेदवार निरध्वज कार्कीसँग एक भाेटले पराजित देखिएपछि विवाद भएको हो । 

कांग्रेसका कार्यकर्ताले मतगणना स्थल इलाका प्रशासन कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् । कांग्रेस कार्याकर्ताले हानेको ढुङ्गा लागेर  इलाका प्रशासन कार्यालयकाे झ्यालकाे सिसा फुटेकाे छ । डुङ्गामुढा हुन थालेपछि सुरक्षाकर्मीले दुई सेल अश्रु ग्याससमेत प्रहार गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया