जुम्लाको हिमा गाउँपालिकामा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १८:२८:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको हिमा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही जिजयी हुनु भएको छ । यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सुपर्ना  शाहीले जित हात पार्नु भएको छ । 

अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष सुपर्नाले एकहजार पाँच सय १८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यासी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ । 

हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया