धनगढीमा हमालकाे ‘कमाल’, २३ सयभन्दा धेरै मतले अघि

 जेठ २, २०७९ सोमबार १९:१८:१४ | सीताराम ओझा
unn.prixa.net

फाइल फाेटाे

कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिनुभएकाे छ । हमालले २३ सयभन्दा धेरै मतकाे अग्रता लिइरहनुभएकाे छ । 

अहिलेसम्मकाे मतगणनाअनुसार हमाल ४ हजार ९ सय ६४ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहनुभएकाे छ । वडले २ हजार ५ सय ९१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले १ हजार २ सय १२ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिइरहनुभएकाे छ । उहाँले २ हजार २ सय ७३ मत प्राप्त गर्नुभएकाे छ । एमालेकी कन्दकला रानाले २ हजार ९४ मतसहित पछ्याइरहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ३ सय ४२ मत ल्याउनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया