१ सय ६७ पालिकाको अन्तिम नतिजा : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी

 जेठ २, २०७९ सोमबार २०:६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पालिका चुनाव २०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १२ वटा नगरपालिका र ६४ वटा गाउँपालिका गरी ७६ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । यस्तै ९५ वटा नगरपालिका र एक सय ६ वटा गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका उम्मेदवार अगाडि रहेका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै कांग्रेसले आठ वटा नगरपालिकाको उपमेयर र ६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ । ७० वटा नगरपालिकाको उपमेयर र ९६ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म एक हजार दुई सय ३० वडाध्यक्ष, एक हजार दुई सय १६ महिला सदस्य, एक हजार एक सय ७७ दलित महिला सदस्य र दुई हजार चार सय १६ सदस्य पदमा जित निकालेको छ । 

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले तीन वटा नगरपालिकाको मेयर र ४५ वटा गाउँपालिकाको अध्यक्ष गरी ४८ वटा पालिका प्रमुखमा जित निकालेको छ भने ५७ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख पदमा अगाडि रहेको छ ।

एमालेले ६ वटा नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७५ वटा नगरपालिकाको उपमेयर र ६८ वटा गाउँपालिकाको उपाध्यक्षमा एमाले अगाडि छ । यस्तै एमालेले नौ सय ४१ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले एक हजार २० महिला सदस्य, नौ सय ९४ दलित महिला सदस्य र दुई हजार ४५ सदस्य जितेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै तेस्राेमा रहेको माओवादी केन्द्रले दुई वटा नगरपालिकाको मेयर र ३४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र १९ नगरपालिका र ४८ गाउँपालिकाको प्रमुखमा अघि छ ।

माओवादी केन्द्र तीन नगरपालिकाको उपमेयर र ३० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले पाँच सय ३१ वडाध्यक्ष, पाँच सय एक महिला सदस्य, पाँच सय २५ दलित महिला सदस्य र नौ सय ४३ सदस्य जितेको छ ।

यस्तै एउटा नगरपालिका नेपाल मजदुर किसान पार्टीले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा नगरपालिकाको मेयर जितेका छन् । नेकपा एकीकृत समाजवादीले दुई वटा गाउँपालिकाको अध्यक्ष र एउटा गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया