काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
रोल्पा – रोल्पाको माडी र सुनिल स्मृति गाउँपालिकामा पनि मावादी केन्द्र विजयी भएको छ ।
माडी गाउँपालिका अध्यक्षमा अमरसिंह घर्ती ३ हजार ८ सय ३० मत प्राप्त गरी विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार घर्ती मगरले ३ हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो ।उपाध्यक्षमा माओवादी केन्द्रकी जयपुरी घर्ती ३ हजार ९ सय ६६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णबहादुर विकले ३ हजार ५० मत पाउनुभयो ।
त्यसैगरी सुनिल स्मृति गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका मणिराम बुढाथोकी ६ हजार ६२ मत प्राप्त गरेर विजयी हुनुभयो । प्रतिस्पर्धी नेपाली कांग्रेसका गन्जबहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापा ६ हजार ३७ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले ३ हजार ४ सय मत पाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।