सर्लाहीको बलरा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी

 जेठ ३, २०७९ मंगलबार ८:३९:२६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बलरा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका  रामाशंकर प्रसाद कुशवाहा निर्वाचित हुनुभएको छ । उहाँले  ४ हजार ६ सय ४३ मत ल्याउँदा उहाका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) का  उम्मेदवार अभयकुमा सिंहले ३ हजार ७४० मत प्राप्त गर्नुभएको छ।

 त्यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकै कोशिलादेवी  ४ हजार ३५१ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उपप्रमुख कोशिलादेवीका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार  रागनीदेवीले ३ हजार ७४० प्राप्त गर्नुभएको छ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया